Posts

Learning from Chapter -2 from Bhagvat Geeta

Image
  गीता ज्ञानामृत सार ❤️🙏🚩 Teachings from shree Bhagvat Geeta, Divine words and wisdoms from lord krishna to his beloved devotee,Arjuna❤️🙏 आजको अर्जुन को त? ------- यसको जवाफमा हामी सबै अर्जुन छौँ नि आजको कोलाहल दुनिँयामा श्रीमद्भागवत गीता दोस्रो अध्याय ज्ञानोपदेश, के सिख दिन्छ ,गीताका पवित्र श्लोकले,   १.  निश्चय गर्ने वाला बुद्धिको विकास(Decision making mind development ) ‌  २. सबै प्राणीको विषयमा हामीलाई सोच/चिन्ता गर्नु उचित हुँदैन ।(Welfare making of every being is not possible ) ‌  ३. आफ्नो धर्मलाई सोचेर चिन्तित/पिल्सिनु उचित हुँदैन ।(don't be panic by realizing or overthinking of ur duty or liability) ‌  ४. सुख-दु:ख,लाभ-हानी,जय-पराजय सबैलाई सम-भाव (एकीभाव भन्नाले एउटै भाव) ले बुझेर आफ्नो कर्मको मैदानमा दृढ़ निश्चय भएर लड्नु पर्दछ। (take the sorrow and joy,victory and defeat ,incomes and outgoings as equally potent) Something that is beyond ur goal/statement is Lust.    Lust लाई गीतामा प्रमाद र कहिँ कतै विषया भनेर व्याख्यान गरिन्छ। lust in...

HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE

Image
  दुई आत्माबीचको समीप्यता र विच्छेदका बिन्दु धेरै इच्छा आँकङ्क्षा थिए, मसँग तापनि शरीर गलेको / कमजोर भएको स्थितिमा आफ्ना हितौषी र सम्बन्धी भनी ठानिएकाहरुले सोचे चाहेअनुरुप आफू पूरा नगरिदिदाँ खिन्नता र दुःखार्थ बोध हुन्छ । विश्लेषक/व्याख्नकर्ताः रोहित सिंह यादव (अपूर्ण)  विपद् कालमा उसले आफ्ना पछाडि ती हातहरुको अपेक्षा गरेको हुन्छ, जसका खातिर ऊ आफ्नो जीवन काल र मैनबत्तीझैं जलेर प्रकाश छर्दछ । आफ्नो त्यो महात्म्या अरुले नबुझी दिदाँ दिक्कदारी र कठोरतालाई वास दिन्छ, आफ्ना अन्तर्मनका भित्री कुनासम्म । अब मसामु नि खिन्नता छ, मसँग गाँसिएका इच्छा, चाहना, उत्कण्ठाहरु पूर्ण हुने नदेखिएपछि विषमताका भावहरु आश्रय पाँउछन् । पुनः अन्तर्मनमा द्वन्द स्थापित हुन्छ ।                                 जो सँग अपेक्षा गरिएको छ, उसको मनोभाव, मनोवृत्ति चित्राङकन छ, त्यो मान्छेले उसलाई बुझिदियो भने ठीक हुन्छ । अब बुझ्ने र बुझाउनेबीच वैमनस्य पैदा हुन्...

Who are you? तँ को होस् ?

Image
आत्मोलोचना सारांश तपाईं र समाजबीचको सम्बन्ध: आशाको रथमा जोतिएको घोडा मैले तपाईंहरुलाई एक गहिरो र दार्शनिक प्रश्न सोधेको छु । मेरो लेखाइले मानिसको अस्तित्व र समाजसँगको उसको सम्बन्धलाई सुन्दर रूपमा व्याख्या गरेको छु । मैले तिमीलाई "आशाको रथमा जोतिएको घोडा" को रूपमा परिभाषित गरेका छु । यो रूपक निकै शक्तिशाली छ र यसले मानिसको जीवनको जटिलतालाई स्पष्ट रूपमा देखाउँछ। यहाँ भनेझैं, हामीले प्राप्त गर्ने सबै परिचयहरू—हाम्रो नाम, थर, पृष्ठभूमि, र भूगोल—अरूले नै दिएका हुन्। हामी ती परिचयहरूलाई आफ्नो ठान्छौं र त्यसैमा गर्व गर्छौं। तर, यहाँ औंल्याएझैं, यो सब केवल एउटा आडम्बर हो। हाम्रो वास्तविक पहिचान भनेको समाजका आशा र अपेक्षाहरू पूरा गर्ने एउटा साधन मात्र हो। हामी एउटा यस्तो रथमा जोतिएका घोडाजस्तै छौं, जसको लगाम अरू कसैको हातमा छ। त्यो रथलाई समाजको रूपमा हेर्न सकिन्छ, र त्यसको सारथी समाजले सिर्जना गरेको 'आशा' हो। हामी जन्मने बित्तिकै समाजले हामीमाथि थुप्रै आशाका बोझहरू थुपार्छ। हामीले राम्रो पढ्नुपर्छ, राम्रो जागिर खानुपर्छ, समाजमा इज्जत कमाउनुपर्छ, र असल सन्तान बन्नुपर्छ। यी सबै ...

जेनजीको आकाश :आशाको बन्धनयुक्त सकस

Image
  जेनजीको  आकाश: आशाको बन्धनयुक्त सकस तस्बिर: समाजले निर्देशित अश्व( घोडा)  स्रोत: गुगल ) बाल्यकालदेखि नै जेनजीको अस्तित्व एउटा सामाजिक घोषणापत्र जस्तै थियो। उसको नाम, थर, जन्मस्थान, वंशानुगत पेशा—यी सबै उसलाई थोपरिएका परिचयका पाटाहरू थिए। सानैदेखि उसको कानमा एउटै स्वर गुञ्जिरहन्थ्यो: "जेनजी, हाम्रो घरको इज्जत तैंले नै बचाउनु छ। धेरै पढेर ठूलो मान्छे बन्नु छ।" यो एउटा आशा थियो, एउटा बोझ थियो, जेनजीको नाजुक काँधहरूमा राखिएको। किशोरावस्थामा उसले पहिलो पटक आत्मज्ञानको सुगन्ध पाएको थियो। उसले एउटा सहपाठीप्रति आकर्षित महसुस गर्यो। त्यो भावना कोमल, निष्सङ्कोच थियो तर समाजरूपी सारथीको लगाम चुस्त भयो। "हाम्रो जातको छोरा उसको जातकी केटीसँग हुँदैन," उसको आफ्नै परिवारले नै भन्यो। प्रेमको त्यो कोपिला अझै फुट्नु अगावै मुस्कुराउँदा मसिन्याइयो। यो उसको जीवनको पहिलो ठूलो विफलता थियो, जसले उसलाई आत्म-अन्वेषणतर्फ मोड्यो। युवावस्थामा, उसले आफूलाई पढाइमा डुबाउने प्रयास गर्यो। उसको सपना सिविल सेवामा जानेको थियो। दिनरात एक गरेर उसले अध्ययन गर्यो। लोकसेवा आयोगको तयारी उसको जीवनको सबैभन्दा...

सामाजिक सञ्जालको लतः एक सोचनीय विषय😔

Image
(तस्बिरः सामाजिक सञ्जालको लत एङ्कित चित्र, स्रोत; गुगल ) आत्मविश्लेषण यस विषयमा म एक लतको सिकार भएको निजी अनुभवबाट भन्दा खेरि आफूलाई सिर्जनात्मक क्रियाकलाप र जनसम्पर्कसंग जोडिएर बस्नुस् । एक्लोपन र रिक्तताको भावले लतको विषय लत : सोचनिय विषय,ग्लानी र हिनताबोध गराउँछ आफैँभित्रको आफैंलाई । परिचय जब कुनै चिजबिजसंग हामी यसरी जोडिन्छौँ,हामी खाली र केही कामबाट छुट्टी एवं जनसम्पर्कबाट टुट्छौँ,हामीलाई लतको विषयाले आकृष्ट गर्दछ । यस विषयमा हाम्रो अवचेतन मन हाबी हुन्छ, हामी स्वयमको संयमता र विवेकशीलता गुमाउन पुग्छौँ अथवा के भनौँ , ती तार्किकता र औचित्य जस्ता कुराहरु लतको पूरा हुने दिशाका अघि निष्प्रभावी हुन्छन् । एक पटक यो शरीर र मन तिनै लतका कुरा र विषयमा यसरी समाहित हुन्छ,कि हामी त्यो विषयको बीच र एक पटक स्वाद चढेपछी हामी आफैँको आत्म (संयमता) नियन्त्रण गुमाउन पुग्छौँ । एकपटक जब ती विषयहरुको पूर्ती पछि पुन: तर्किकता र कर्तव्य बोध हुन्छ । व्यक्ती स्वयम आत्मलाई अझ सबलीकरण गर्छ । आफूलाई एक्लो हामी यस विश्वव्याप...

आमाको सम्झना "Piano" कविताबाट

Image
www.rohitsy.com.np   “पियानो” – (बाल्यकालका घडीहरु सम्झदैँ रचित कविता )  सर्जक- डि.एच. लाउरेन्स (अमेरिकी लेखक एवं कवि)  सन्दर्भ गीत- फेरि कहाँ आउँछ फर्केर त्यो बालापनको उमेर  (गायिकाः समिक्षा अधिकारी) भावानुवाद लेखन पियानो डि.एच. लाउरेन्सद्वारा लेखिएको बाल्यकाल स्मारक कविता हो । एउटा उत्कृष्ट कविता जुन कविले आफ्नो आमालाई स्मरण गर्दै लेखेका हुन् । उनले आमालाई गुमाइ सकेका छन् तर यो कविता वियोगमा लेखेको शोकगैत भने पक्कै होइन ।          कवि यहाँ खुल्ला हृदयले आमाको अपार वात्सल्यपूर्ण माया, प्रेम, स्‍निग्ध र प्रगाढ सम्बन्धलाई सम्झन्छन् । यसमा उनी भाव भक्तिपूर्वक आमाप्रति आसीन अपार श्रद्धालाई एङ्कित गर्दै ती यादहरुका भेलहरुमा हराउन पुग्छन् ।  जब कवि पियानोलि हेर्छन् ,उनका मनमा विभिन्न खाले भावहरुको तरङ्ग उत्पन्न हुन्छ र तिनै स्मृतिका सँगालोमा हराउन पुग्छन् । उनी यहाँ दुई व्यक्ति विशेषलाई ठोस आकार दिन चाहन्छन् । एक आफूलाई सानो बालकसरह र अर्को ती अस्तित्व स्व्कार गरेकी महिला जसलाई आमाको रुपमा लिन्छन् । ती आमारुपी ईशले पियानो बजाइराखेकी छिन् र त्...

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न

Image
      तस्बिरः कनुवा(सुतैया) ताल, बाँके कार्यक्रमको परिचय बाँके राष्ट्रीय निकुञ्‍ज अन्तर्गत पर्ने कनुवा तालमा विश्व सिमसार दिवसको उपलक्ष्यमा ताल परिसरको सर्सफाइ एवं सरोकारवालाहरुको सहभागितामूलक कार्यक्रममा सरिक भएँ । संरक्षणका साझेदार निकायहरु एवं सरोकारवालाहरुको उपस्थितिमा बाँके राष्ट्रीय निकुञ्‍जको मुख्य कार्यालय,ओभरी, ZSL ( जुलोजिकल सोसाइटी अफ लण्डन ) र पश्चिम सेक्टर कार्यालय,कोहलपुर, TAL ( तराई भू-परिधि परियोजना), CBAPU, नेचर गाइड, गोही अनुगमन टोली, निकुञ्‍ज गतिविधिहरुमा सैन्य सुरक्षार्थ तैनाथ रणबम गण, देउराली हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, कोहलपुर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र सुतैया अर्थात् कनुवा ताल देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन समूहको उत्साहजनक सहभागिता थियो । अनुपम सौन्दर्ययुक्त सिमसारको उत्कृष्ट उदाहरणका रुपमा ताल परिसरको स्थलगत निरिक्षण गरियो साथै तालको अवस्था, सम्भाव्यता, पर्यापरिपर्टनका गतिविधिहरु, पर्यटकहरुको प्राथमिकता, व्यवस्थापनमा देखापरेका चुनौतीहरु, इत्यादिबारे ‍जानकारी लियौँ । उक्त सामुदायिक वनको पर्य...