नेतृत्व र नीति ओझेल


पुराना भोटोले भोट कसरी किनिन्छ यहाँ? कृत्रिम आडम्बरले जनता नाङ्गो बनाउँदा... इन्साफको पुकार!

पूर्ण कविता तल 👇


नेतृत्व र नीति ओझेल परिराख्दा

                                  ...🖋️ अपूर्ण ( रोहित सिंह यादव)

                                        गुलरिया, वार्ड नं. ७, बर्दिया 

             

पुराना भोटोले भोट कसरी किनिन्छ यहाँ?
साँझपख आफ्नै निगरानी, आफ्नै राहदानीमा
खोटो फोटो क्षुब्धता पाउँछौ, अंशमा परेझैं अकिञ्चन पात्र।

आफूलाई बुटिक र टाँकको सहारा,
छाँटकाँटको यान्त्रिक मदत खोज्छौ,
तर निन्द्रा र मुद्राका आसनमा
केवल प्रसहन सिवाय केही हात लाग्दैन।

आडम्बर जम्दैन, हर्ष र वर्षाका कुरा बनाउँछौ—
तिमी कति चतुर, वाचाल, जाती-असल बुद्धसरह!
कमिज-सुरुवाल अति मिहिन, भद्रता जनाउँछ।

कसरी गालीलाई तालीमा परिणत गर्ने सूत्र चलाइ सक्यौ?
खाली, ती जाली आँकडा यसरी,
यसपाली नै भद्रकाली मन्दिरमा
बलिबक्राझैं तैनाथ छन्— ती यशस्वी, तेजस्वी गौरव।

सदैव सचेत मानसपटलमा एकिन्त रह्यो,
तर आन्तरिक मनोसञ्जालले बहस गर्दा
अवचेतन मन हावी भयो, कात्रो उघारियो।

आफू उदाङ्गो भई आकाशबाट भुँइमा बजारिन पुग्यो—
पुकार होस्! बचाउ गरियोस्!
उद्धार होस्, कृत्रिमता बोक्दा मन भारी भए होला।

आफ्नो बोझ घटाइयोस्, जवाफ दिइयोस्,
इन्साफ होस्, चेत भया!

नेतृत्व ओझेल, नीति हरायो—
भोटको बजारमा पुराना पात्रहरू नाङ्गिए।

#नेपालीराजनीति #भोटकोबजार #इन्साफहोस् #कविता

Comments

Anonymous said…
नव सोच नव परिवर्तन नव जाँगर☘️

Popular posts from this blog

HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE

Learning from Chapter -2 from Bhagvat Geeta

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न