HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE
दुई आत्माबीचको समीप्यता र विच्छेदका बिन्दु
धेरै
इच्छा आँकङ्क्षा थिए, मसँग तापनि शरीर गलेको/कमजोर भएको स्थितिमा
आफ्ना हितौषी र सम्बन्धी भनी ठानिएकाहरुले सोचे चाहेअनुरुप आफू पूरा नगरिदिदाँ
खिन्नता र दुःखार्थ बोध हुन्छ ।
विश्लेषक/व्याख्नकर्ताः रोहित सिंह यादव (अपूर्ण)
विपद् कालमा उसले आफ्ना पछाडि ती
हातहरुको अपेक्षा गरेको हुन्छ, जसका खातिर ऊ आफ्नो जीवन काल र मैनबत्तीझैं जलेर
प्रकाश छर्दछ । आफ्नो त्यो महात्म्या अरुले नबुझी दिदाँ दिक्कदारी र कठोरतालाई वास
दिन्छ, आफ्ना अन्तर्मनका भित्री कुनासम्म ।
अब
मसामु नि खिन्नता छ, मसँग गाँसिएका इच्छा, चाहना, उत्कण्ठाहरु पूर्ण हुने
नदेखिएपछि विषमताका भावहरु आश्रय पाँउछन् । पुनः अन्तर्मनमा द्वन्द स्थापित हुन्छ
।
जो सँग अपेक्षा गरिएको छ, उसको मनोभाव,
मनोवृत्ति चित्राङकन छ, त्यो मान्छेले उसलाई बुझिदियो भने ठीक हुन्छ । अब बुझ्ने र
बुझाउनेबीच वैमनस्य पैदा हुन्छ , वर्षोंवर्षदेखि रहेको अटुट प्रगाढतालाई ठूलो ढेस
पुग्छ । दुवै दलहरु उत्तिकै आफ्ना पक्षमा अटल, अडीग र दृढ़ निश्चयी देखिन्छन् ।
आफ्नो पक्षधर र वैचारिक युद्धको विजय ध्वजा, पातकाहरु लहराउन हर्दम प्रयत्नशील
चेष्टामा लागिरहेको हुन्छ, त्यसरी नै भनिन्छ,
धीरज, धर्म, मित्र अरु
नारी । आपद् काल परखिअ चारी ॥
-- रामचरितमानस
यो
उक्ति अनुसार अपेक्षा राखेको पक्षबाट आफ्नो पक्षमा थप ऊर्जा पाएजस्तो हुन्छ, उसले
यही समयमा अरुले बुझिदिने समय हो भनी ठान्दछन् र आफ्नो अपेक्षापूर्तिको लागि हर सम्भव
कोशिस गर्दछ ।
एक नजारियाबाट हेर्दा, ऊ पनि ठीक्कै हो। आफ्नो विषमताका
पलहरुमा सह्रदयी, सहानुभूति र सहोदर सहकर्ताका रुपमा इच्छाएको हुन्छ, अब ऊ त्यही
निर्मल मानसपटलबीच आघात अंकित छाप पर्दछ। जब उक्त छापको मूर्त रुपको साकार हुने
बाटो तय गर्छ, तब यस अन्दाजमा भन्दा उसले ती आँकङ्क्षा राख्नु विधिसम्मत र जयाज
नै देखिन्छन् तैपनि उसले पूर्णताको विध्न हेतु कालो बादल सलबलाएझैं आभाष गर्दछ र
ती पूर्वनिर्धारित छापहरु मलिन धमिलोपनलाई सहर्ष कसरी स्वीकार गर्न सक्छन्, अतः
हामी यस विषयलाई मनोवृत्तिको निरोगीपन वा आरोग्य बनाउन प्रयासरत हुन्छौँ ।
गहिरा वर्षोंवर्षका इच्छा, चाहना र
आकङ्क्षाको कमाइ क्षणभङ्गुरमै ध्वस्त भएको हेर्न उसका चर्मचक्षुहरु तयार हुँदैनन्
र पुनः आफ्नो इच्छालाई जीवन्त राख्नका लागि आफ्नो अन्दाजमा शङ्घोष नै गर्छ ।
किमार्थ सामुन्ने व्यक्तिका लागि तृणसमान लाग्दछ । मनका ती जोडिएका नेटवर्कका
अन्तर्सञ्जालहरु अब त्रुटिपूर्ण हुने बाटो तय गर्न थाल्दछन् । यस परिस्थितिमा ऊ
मनासायमा गहिरो चोट आघात सरह धक्का अनुभव गर्दछ, तसर्थ छोटो र ठट्टायाउँला कुरा,
व्यङ्ग्य भाषा जुनसुकै अभिव्यक्ति उसका लागि जीर्ण प्रसाधक र झनझनै उसका आस्थाका
स्तम्भहरु विदीर्णको मुखतिर लाग्छन् ।
अब
उसका निम्ति आफ्ना जगतमा एक्लोपन, निरस, ताड़ना, उन्मुक्ति, बन्धनका जालहरु
मायारुपी, जाली, भ्रमक र देखावटी निष्प्रभावी तुल्य देखिन्छन् । अर्को अन्दाजमा
हेरौँ भने जोमाथि इच्छा, आँकक्षा, मनोभावका भारीहरु बिसाउन\खनिन खोज्दा उसमा झन्
उत्ताउलोपना, बेथिति, बिसङ्गति इत्यादि जस्ता भावहरु जन्मिन्छन् । उसले ती
व्यक्तिहरु अचानक दर्पणको संरचनामा एकाएक कसरी एकाकार हुन्छन् भनी गहन सोचमा पर्छ
। जब उसलाई जो दिनचार्यको अभिन्न अङ्ग सम्झेको हुन्छ, त्यी दिनचार्यका कर्महरु
उसका लागि गोवर्धन पर्वतको गरुतासमान बोध हुन्छ । अब अन्य क्रियामा आफ्नो
सहभागितालाई फेरि खिन्नता, खल्लो र विसङ्गतिको आभाष हुन्छ । यसै विषयमा मत थप्दा
उसले ठान्दछ यस घडीमा नै सधैझैं सम्मति र हितौषीपनलाई निरन्तरता किन नपाइ राखेको
तर उताको मनोवृतिको समीकरण बुझ्न र बुझाउन कोही नि खुल्ला रुपमा चाहदैँनन् । एकले
सोच्छ, अर्काले सहजै बुझ्छ होला तदापि यस विषयमा गहिरो वैचारिक खाडल बनिरहेको
हुन्छ, यस बुझ्ने र बुझाउने खोज्नेबीच समझदारीको घडी, समीप्यताहरु टाढिँदा
पुग्छन्, वर्तालाप र भलाकुसारी समेत हुन्छ ।
यस
मतभेदले यति धेरै रौद्र (रिसाएको शिव रुप) लिन्छ भनी कसैले पनि आँकलन गरेका
हुदैँनन् । मनका भारी नै यसरी चौतरीको खोजीमा हुन्छन् जहाँ कि एकले अर्कोलाई आफ्नो
मनोदशा चित्रण र उद्धरण गर्न सकूँन् ।
किमार्थ
यस परिवेशमा थुप्रै हावा, बातास, हुरी चल्दछन् जहाँ एकले अर्कालाई समीप्यताको लागि
स्वीकार गर्न निषेध र इन्कार गरेजस्तो हुन्छ । अतः यस अन्दाजमा थुप्रै दलहरु आफ्ना
मत, विचार मनोवृतिको व्यख्यानमा उत्तिकै चतुर अनि वाचाल छन् । थुप्रै आफ्ना
मतान्तर स्वीकार्न आफू अवनितितर्फ जाँदै गरेको बोध गर्छन् । अतः यस प्रगाढ,
हार्दिकता, सुकोमल, स्निग्ध सम्बन्धको धाँगोरुपी बन्धनमा थुप्रै हावाहुरी, चिसोपन,
आर्द्रताले विचलन ल्याई जीर्ण तुल्याउँदा त्यो टिकाउ\अडीग अनन्तरुपी आँगलेको
प्रमिल पलहरुको गाँठोलाई फुकाउन अब शाक्ति सञ्चित हुने जस्तो लाग्दछन् ।
जसरी मेल र सन्धि निर्माणका घडीमा उसले हरेक
मौसम, याम, पल र संयोग आफूअनुरुप जस्तै देखेको हुन्छ र रङ्गीन रङ्गमञ्चका तयारीसाथ
सबैको योग पूर्वनिर्धारित कालखण्डकै चक्रले मिलन वा योगको घडीसम्म पुर्याएको हुन्छ
। ती अब सम्पूर्ण हितौषी, संयोग र समीप्यतालाई सार्थक तुल्याएको जस्तो बोधार्थ हुन्छ
।
अब उसलाई हरेक विषम, उक्ति, प्रसङ्ग, बहार,
चन्द्र, रोशनी, दिवाकर, कोकिल इत्यादि वैरागी भएर ऊप्रति संवेदनाशून्य छन् जस्तै अनुभूति
पाउँछ । उसले स्वयम् प्रकृतिको कला मानी ऊ अब हुने श्रेणीगत विषयहरुलाई स्वीकार्न
नै मञ्चमा पाउनका खातिर तकदीर\किस्मत मान्दछ ।यस सन्दर्भमा दुई एकाकार आत्मा, प्रेमिल
मन र अनुराग भावमिश्रित आत्माहरुको समीप्यताबाट दूरता हुनाका लागि अठोटरुपी आरोह
अवरोहको बेलिविस्तार सुनाएँ , यी मेरा निजी आफ्ना व्याख्यान र मनका भावहरु भेलरुपी
बाढीमा बग्दा आफ्नो मनरुपी पाठकलाई अनुग्रहित गर्दा यी सम्झना स्वरुप सँगालिएका
हुन् ।
Comments