Posts

Showing posts from September, 2026

पहिले आफैं

Image
 पहिले आफैं                        .....    🖋️ अपूर्ण( रोहित सिंह यादव)  मन ठहराऊ, हतार नगर, लक्ष्य हेर, बाटोको सिप सिक, सपना र लोभबीचको भेद बुझ, लोभ सकिंदा पनि सपना नमरोस्। पहिले आफैंलाई माया गर, आफैं उद्देश्यमा हिँड्न सिक, त्यसपछि मात्र हृदयमा बस्नेछौ, अरूको कानमा मिठो लाग्नेछौ। एक्लोपन, बेचैनी लुकाउनु पर्दैन, आफैंसँग बोल, पीडा शक्तिमा बदल, अरूको प्रशंसामा हराउनु छैन, आफ्नै आँधीसँग लडेर अघि बढ। एक दिन ऐनाले सोध्दा, गर्वले भन्न सक — "यो परिश्रम मेरै हो," कर्मको हिसाब आफैं मिलाऊ, जे कमायौ, उही नै न्याय ठहरियोस्।

कसरी सकसबिच टुट्न पुग्छन् सम्बन्ध ?

Image
  हाम्रो सपना, जीजिविषा, जे जति भने तापनि मबाट हामी नै हुन सकेको छैन, हामीसँग सम्बन्ध निर्माण र भावी कार्यदिशाको कुनै योजना छैन, ठ्याक्कै भन्दा ऊनको स्वीटर फिल्म जस्तै छ, यो सम्बन्ध निर्माणका आधारशीला, वा आधारस्तम्भ नै स्पष्ट छैनन्, सब झर्पस्ट र बिख्रिका छन्, म र तिमी सधैँ पृथक भनौं कि अलग विचारधारा, हामी वाला फिलमा वा डिलमै अल्झिएका छौँ, साझा लक्ष्य, गन्तव्य वा उद्देश्य छैन, हामी संगठित हुनुका पछि आधार वा ठोस कारण र कारक तत्त्व छैनन् । छुट्टिन भय लाग्छ, डर, सन्त्रास छ, हामी छुट्टिदाँ हुने पीडा वा डरसँग खप्न डराउँछौँ, यो सम्बन्ध चाहिँ समय सापेक्ष बढन सकेन, गतिशील, चलायमान भएन, तसर्थ हामी अघि बढ्दै जाँदा समेत यो सम्बन्धलाई तन्काउन वा लक्ष्य साँध गर्न सकेको छैनौँ । अन्त्य खुशी होइन, तर लगानी र आफ्नो भावनात्मक रुपमा होमिनु पश्चात आशा वा उपलब्धिका बारेमा अन्योल, अनिश्चितता रहनुले कठिन नै छ, फलानो र फलानो दुवै असल साथी छन्, सह्दयी, तर जीवनसाथी वा सामाजिक थितिले बाँधेको वैवाहिक बन्धनमा हामी सूरक्षित हुँदैन लाग्छ किनकी हामीसँग अहिले नै बढ्ने खाका वा योजना छैन्,    ...