पहिले आफैं

 पहिले आफैं

                       .....    🖋️ अपूर्ण( रोहित सिंह यादव) 


मन ठहराऊ, हतार नगर,

लक्ष्य हेर, बाटोको सिप सिक,

सपना र लोभबीचको भेद बुझ,

लोभ सकिंदा पनि सपना नमरोस्।


पहिले आफैंलाई माया गर,

आफैं उद्देश्यमा हिँड्न सिक,

त्यसपछि मात्र हृदयमा बस्नेछौ,

अरूको कानमा मिठो लाग्नेछौ।


एक्लोपन, बेचैनी लुकाउनु पर्दैन,

आफैंसँग बोल, पीडा शक्तिमा बदल,

अरूको प्रशंसामा हराउनु छैन,

आफ्नै आँधीसँग लडेर अघि बढ।


एक दिन ऐनाले सोध्दा,

गर्वले भन्न सक — "यो परिश्रम मेरै हो,"

कर्मको हिसाब आफैं मिलाऊ,

जे कमायौ, उही नै न्याय ठहरियोस्।






Comments

Popular posts from this blog

कृष्णसार स्थानान्तरण के हो ??

नेतृत्व र नीति ओझेल

HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE