सामाजिक सञ्जालको लतः एक सोचनीय विषय😔




(तस्बिरः सामाजिक सञ्जालको लत एङ्कित चित्र, स्रोत; गुगल )


आत्मविश्लेषण

यस विषयमा म एक लतको सिकार भएको निजी अनुभवबाट भन्दा खेरि आफूलाई सिर्जनात्मक क्रियाकलाप र जनसम्पर्कसंग जोडिएर बस्नुस् । एक्लोपन र रिक्तताको भावले लतको विषय लत : सोचनिय विषय,ग्लानी र हिनताबोध गराउँछ आफैँभित्रको आफैंलाई ।

परिचय
जब कुनै चिजबिजसंग हामी यसरी जोडिन्छौँ,हामी खाली र केही कामबाट छुट्टी एवं जनसम्पर्कबाट टुट्छौँ,हामीलाई लतको विषयाले आकृष्ट गर्दछ । यस विषयमा हाम्रो अवचेतन मन हाबी हुन्छ, हामी स्वयमको संयमता र विवेकशीलता गुमाउन पुग्छौँ अथवा के भनौँ , ती तार्किकता र औचित्य जस्ता कुराहरु लतको पूरा हुने दिशाका अघि निष्प्रभावी हुन्छन् ।
एक पटक यो शरीर र मन तिनै लतका कुरा र विषयमा यसरी समाहित हुन्छ,कि हामी त्यो विषयको बीच र एक पटक स्वाद चढेपछी हामी आफैँको आत्म (संयमता) नियन्त्रण गुमाउन पुग्छौँ । एकपटक जब ती विषयहरुको पूर्ती पछि पुन: तर्किकता र कर्तव्य बोध हुन्छ । व्यक्ती स्वयम आत्मलाई अझ सबलीकरण गर्छ ।
आफूलाई एक्लो हामी यस विश्वव्यापीकरणको आवाधारणासंगै अघि सरेको प्रविधी र सञ्चारका चमात्कारिक विषयहरुमा बडो गर्व गर्छौँ । यी आविष्कार र नव यान्त्रिक सुलभता बढाएका छन् भने अर्कोतिर हामी सामाजिक सञ्जाल जस्ता विषयहरुमा बढी समय बिताउने र लत विकास गरेसङै आफूमा खिन्नता र एक्लोपन नि हुदाँ जान्छ ।
अब के गर्ने ? ?
सर्वोउत्तम कुरा म सिर्जनात्मक विषयहरुलाई जोड्न चाहन्छु। यस कामले आफूलाई सदा तजागी र सचेत राख्नाका साथ व्यक्तित्व विकासको पक्षलाई नि जोड दिन्छ ।
# यसरी सञ्जालभन्दा नि भौतिक रुपमा मानिसहरुसङै जोडिने प्रयास गर्नुस् र आफूलाई सबैका माझबाट छुट्टयाउने र भिन्न नठान्नुस् ।
# हामी आफैँलाई आफ्नो राम्रो साथी मान्छौँ तर पनि हामी यस लतका विषयमा लतपतिएर पछि आफैँलाई आफ्नो शत्रुझैँ ठान्न पुग्छौँ । यस किसिमको भावले आफूलाई अझ हिनताबोध ,ग्लानी र आत्मविश्वासको ह्रास हुन्छ।
कसरी बच्ने त ?
हामी खुल्ला रुपमा जुन विषयमा हिचकिचाहट पाल्छौँ, तिनै कुरामा बढी हामीलाई ओझेल पर्दै जान्छौँ, राम्रो सञ्चार र दोहोरो कुराकानीले गर्दा आफूलाई केही उन्मुक्तिका बाटोमा लैजान सकिन्छ ।
हामी आफ्नो श्रम ,विवेक ,स्तर ,श्रेणी र कुन अहोदा इत्यादिको होस ,खबर रहन्दैँन , यसरी लतले लतपतिएर हामी बानीको विकास अवस्था प्राप्त गर्छौँ , पछि यसै बानीले आफ्नो चरित्रको हत्या गर्न तम्सिन्छ ।
आजको प्रण
हामी यस विषय उपर केही सुन्ने र भन्ने तथा आफ्नो भोगाइ साझा पार्नुपर्छ । यसरी मानसिक जालझेल व्यक्त गर्दा केही राहत र उन्मुक्ति मिल्छ । यस व्यूहचक्रको भूमरीबाट बच्न हामी प्रथमतः आफूलाई व्यस्त र सिर्जनाशिलतामा लगाऔँ । अझ , हामी खुल्ला संवाद स्थापना गर्नुपर्छ र सही मार्गदर्शन ,अभिव्यक्तिले यस लतरुपी भव सागरबाट निकासको बाटो तय गर्न पुग्छ ।
आजको आवश्यकता
आफ्नो मन ,शरीर र विवेकमाथी अधिनस्थ पार्ने तत्त्वले हामीलाई असोचनिय र अपूरणिय हानी पुर्याउन सक्छन् ,समयमै सही सुझाव र सही परिवेशलाई रोजे भवितव्यबाट बच्न सकिन्छ तसर्थ सचेत रहौँ ।

आजको हाम्रो प्रतिबद्धता , कुलतमुक्त समाजप्रति जवाफदेहिता !!

Comments

Popular posts from this blog

“लाइन काटिएको छ, संवाद थप्प”

रिसमा आकुल मन र मनोभूमि प्राङ्‍गण स्थल

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न