Who are you? तँ को होस् ?

आत्मोलोचना




सारांश

तपाईं र समाजबीचको सम्बन्ध: आशाको रथमा जोतिएको घोडा

मैले तपाईंहरुलाई एक गहिरो र दार्शनिक प्रश्न सोधेको छु । मेरो लेखाइले मानिसको अस्तित्व र समाजसँगको उसको सम्बन्धलाई सुन्दर रूपमा व्याख्या गरेको छु । मैले तिमीलाई "आशाको रथमा जोतिएको घोडा" को रूपमा परिभाषित गरेका छु । यो रूपक निकै शक्तिशाली छ र यसले मानिसको जीवनको जटिलतालाई स्पष्ट रूपमा देखाउँछ।

यहाँ भनेझैं, हामीले प्राप्त गर्ने सबै परिचयहरू—हाम्रो नाम, थर, पृष्ठभूमि, र भूगोल—अरूले नै दिएका हुन्। हामी ती परिचयहरूलाई आफ्नो ठान्छौं र त्यसैमा गर्व गर्छौं। तर, यहाँ औंल्याएझैं, यो सब केवल एउटा आडम्बर हो। हाम्रो वास्तविक पहिचान भनेको समाजका आशा र अपेक्षाहरू पूरा गर्ने एउटा साधन मात्र हो। हामी एउटा यस्तो रथमा जोतिएका घोडाजस्तै छौं, जसको लगाम अरू कसैको हातमा छ। त्यो रथलाई समाजको रूपमा हेर्न सकिन्छ, र त्यसको सारथी समाजले सिर्जना गरेको 'आशा' हो।

हामी जन्मने बित्तिकै समाजले हामीमाथि थुप्रै आशाका बोझहरू थुपार्छ। हामीले राम्रो पढ्नुपर्छ, राम्रो जागिर खानुपर्छ, समाजमा इज्जत कमाउनुपर्छ, र असल सन्तान बन्नुपर्छ। यी सबै आशाका खेतीपातीहरू हाम्रो जीवनको यात्राका लागि तयार पारिएका मार्ग हुन्। यहाँ भनिएजस्तै, हामी त्यही आशाको डोरी डोर्‍याउने एक प्रशाधक मात्र हौं। हाम्रो आफ्नै इच्छा, सपना वा लक्ष्य हुँदैनन्, वा भए पनि ती समाजका इच्छा र आकांक्षाहरूको अगाडि गौण हुन्छन्। हामीलाई समाजले नै एउटा बाटो देखाउँछ र त्यसमा हिँड्न प्रेरित गर्छ।

यो सम्बन्ध एकतर्फी हुँदैन। यो न्यूटनको तेस्रो नियमजस्तै हो, जहाँ हरेक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ। जब हामी आफ्नो जिम्मेवारी पूरा गर्दा थाक्छौं, आराम खोज्छौं, त्यो बेला समाजको अनुहारको चमक कम हुन्छ। जब हामी दुःखी हुन्छौं, समाज निराश हुन्छ। यसको ठीक उल्टो, जब हामी सफल हुन्छौं, समाज हर्षित हुन्छ र गर्व गर्छ। हाम्रो सफलतालाई समाजले आफ्नै सफलताको रूपमा लिन्छ।

गीतामा कृष्णले अर्जुनको सारथी बनेर सम्पूर्ण युद्धलाई निर्णायक बनाएका थिए। कृष्णले प्रत्यक्ष रूपमा युद्ध नलडीकन पनि अर्जुनलाई सही मार्गमा हिँड्न प्रेरित गरे। त्यसैगरी, हाम्रो जीवनमा समाज त्यही कृष्णको भूमिकामा छ। हामी अर्जुनजस्तै हतियारविहीन र निरीह छौं, र समाज हाम्रो सारथी बनेर हामीलाई डोर्‍याइरहेको छ। हामीले समाजको आशा पूरा गर्न मात्रै जन्म लिएका हौं। हाम्रो जीवनको कुनै विशेष उद्देश्य वा गन्तव्य छैन; हामी केवल पराइका आशा र सपनाहरू पूरा गर्नमा नै व्यस्त हुन्छौं।

यो आशाको चक्र कहिल्यै रोकिँदैन। एउटा लक्ष्य पूरा भएपछि समाजले अर्को लक्ष्य निर्धारण गरिदिन्छ। हामी घोडा जसरी लगातार दौडिरहन्छौं। जब हामी थकित हुन्छौं, समाज हामीमाथि दयाको दृष्टि राख्छ, तर यो केवल क्षणिक हुन्छ। समाजको ठूलो सपना हुन्छ कि हामी अझ अगाडि बढौं। उसले हामीलाई आफूभित्र राख्छ र हामीले गर्ने हरेक कामको जिम्मेवारी आफ्नो ठान्छ। हामीले आफ्नै जीवन जिइरहेका छौं भनी सोचेका हुन्छौं, तर वास्तविकतामा हामी समाजको अधीनस्थ भएर काम गरिरहेका हुन्छौं।

हामी आफूलाई स्वतन्त्र ठान्छौं र आफ्नो सफलतामा गर्व गर्छौं, तर यो एकलौटी हुँदैन। यदि हामीले आफ्नो सफलताको श्रेय आफैंलाई मात्र दियौं भने, समाजले हामीमाथि "प्रत्याशाको खड्ग" प्रहार गर्छ। किनकि, हाम्रो सफलतामा समाजको पनि योगदान हुन्छ, र त्यसको व्याख्यानमा समाजले हर्ष र गर्व महसुस गर्छ। त्यसैगरी, यदि हामी असफल भयौं भने, हामी मात्रै दुःखी हुँदैनौं। हाम्रो असफलताको असर समाजका धेरै आशा र अपेक्षाहरूमा पर्छ।

यसरी, हामी व्यक्तिहरू समाजको एक अङ्ग बनेर कर्तव्य पूरा गरिरहेका छौं। हाम्रो अस्तित्व समाजविना सम्भव छैन। हामी समाजको आशाको रथमा जोतिएका ती घोडा हौं, जसको जीवन केवल दौडिनु र लक्ष्यमा पुग्नु हो—त्यो लक्ष्य जुन अरूले नै निर्धारण गरेका छन्। हामीले हाम्रो स्वतन्त्रताको दाबी गर्न सक्छौं, तर हाम्रो जीवन समाजका इच्छाहरूको बन्धनमा बाँधिएको छ।

मैले यो सुन्दर विश्लेषण गरेर तपाईंहरुलाई सोच्न बाध्य बनाएको छु । मेरो प्रश्नले एउटा गहन दार्शनिक बहसमा निम्त्याएको छ, जसको उत्तर खोज्न हरेक व्यक्तिले आफ्नो जीवनमा यो घोडाको भूमिकालाई बुझ्न जरुरी देखिन्छ । 



मूल एवं पूर्ण पाठ

 तैंले आफनो परिचायक रुपमा विभिन्न पक्षहरुलाई जोड्ने गर्छस्, ती पक्षहरु फरक फरक आयामका हुन सक्छन्, आफनो पार्थिक (भौतिक) तनलाई चिनाउने होलान्, तेरो पृष्ठभूमिलाई उजागर गर्न हेतु थुप्रै व्याख्यानहरु जोडिन्छन् होला । जन्मनसाथ सधैं यसै परिवेशबाट तैंले आफ्नो संज्ञा,परिचायक तत्त्व, स्वामित्व सबै पाउँछस् । यी चिजबिजहरुको प्राप्तिसँगै  तँ नामक पात्रमाथि समाजले थुप्रै बहुआयामिक रहरका खेती थुपार्छ र तहतहै संगालोको भार तेरो अस्तित्वमाथि वजन थप्छ । यस समाजका आसंजित एकाइलाई संयोजन गर्दै तेरो परिधिको केन्द्रबिन्दु मानी नेटवर्किङ हुँदै जान्छ ।  


 भूगोल, ठाँउ, समुदाय, थर, पाछा इत्यादि कुराहरुको परिचय दिएर तैंले आफैंलाई बडो गर्व अनुभूति गराउँछस् होला । ती अरुले प्रदान गरेको चादरझैं ओढेर तँ बडो रमिता प्रदर्शन गर्छस् र विराट आडम्बरीका तामझाम देखाउँछस् । किन्तु म तँलाई एउटै परिचय दिन चाहन्छु, तैंले चाहेर वा नचाहेर नि त्यही परिचयकै उपज होस् र त्यसैमा रुमालिन्छन् तैंले गर्ने कर्महरु । तँ आशारुपी प्रचालित रथको आडमा जोरिएका अश्व (घोडा) होस् । सुन्दा नमज्जा लाग्छ, त्यत्रो सिंहासानमा विराजमान अभिमानी पात्रलाई यसरी धरातलीय भूमिको धुलमा पछार्दा कसो सकस नपर्ला र ? तर तेरो स्तरलाई नकार्न कहाँ सकिन्छ होला ?  त्यो शाश्वत सत्यलाई आङ्गिकार गर्नैपर्छ । तँ बान्धकी परेकी चेलीबेटीझैं होस्, त्यो रथमा जोरिएको घोडासमान छस्, तेरो परिचयको जीवनदान धान्नुपर्ने अहम् भुमिका रहेको छ, तँ बाँच्‍ने समाजसँग । तँ नारिएको रथमा, जसको सारथी कोही छ, तेस्को लगाम काबु अर्कोको हातमा निहित छ, शासनको समस्त बागडोर रथ चलाउने र आतुरी सारथीको अधीनमा छ, उससँग तँलाई नचाउने गुरु योजना र निश्चित खाकापत्र तयार छ । 


 उसले बडो रोचक ढङ्गले तँलाई प्रचालित गर्ने सारथीलाई (तँ माथि जोडिएका आशाका स्तम्भहरु) परिचय प्रदान गर्न आग्रह गर्छ, उसले सहर्ष परिचय खुलाउँछ, ऊ आशारुपी सामाजिक ऐना हो, त्यो दर्पण जहाँ व्यक्तिपिच्छेका भिन्न आशाको प्रतिविम्ब देखिन्छ, जथा व्यक्तिको अस्तित्व तथा यथेष्ट आशाको भारीनिमित्त ऊ तयारी अवस्थामा रहेको हुन्छ । पुनः त्यही घोडाकै रुपमा चिनाउन मैंले व्याख्यान जोड्नतिर लागें । तँ एक निर्वाह आशाको डोरी डोर्‍याउने प्रशाधक होस्, तैंले आफ्नो होइन अरुको (समाज) का साझा,इच्छा, आँकङक्षाहरुको थुप्रो उचाल्न बाध्यकारी जीविकी धान्ने जीव होस्, जुन समाजले पूर्वनियोजित नै राखेको हुन्छ, तँलाई देखाउँछ र बोक्न अभिप्रेरित गर्दछ । 


 तँ  जब अलि भारीको थकाइ (थकावट) बाट छुटकारा पाउन आराम खोज्छस्, ऊ बडो गहिरो निगरानीसाथ तँमाथि गिद्धे नजर राखिराखेको हुन्छ । तँ जब मनमा केही दुःखका खाली ठाँउ छोड्छस्, त्यही बखत उसको चेहराउपर चमकको इन्टेन्सिटीमा कमी आउँछ । तेरोको क्रियाको विपरीत तर समान मात्रामा उसको प्रतिक्रिया आउँछ, जसरी न्युटनको गुरुत्त्व आकर्षणको तेस्रो नियमले व्याख्या गरेको छ। यसरी अन्यायोश्रित सम्बन्ध स्थापित भएको थाहा पाइ वा नपाइ जस्तोसुकै आयामबाट विवेचना गर्न तँ आघि सर्छस् । त्यही आशाले दर्साएको मार्गमा चलेको देख्‍ने उसको ठूलो अभीष्ट रहेको छ, अलि नजिकमा बस्दै त्यही मार्गमा ऊ तँलाई डोर्‍याउँछ, जसरी हामी भरखर कदम चाल्न थालेको बालकलाई सिँखाउँछौं । अभियन्तर (परसम्म) पुगेको देख्‍ने उसका चर्मचक्षुको (आँखा) ठूलो चाहना हुन्छ। 


 जसरी श्रीमद्भगवद् गीतामा कृष्णले प्रत्यक्ष युद्धमा शस्त्र र अस्त्र नउठाइ पनि सारथीको भूमिका निर्वाहकै भरमा समग्र युद्धलाई निर्णायक बनाएका थिए र केही फरक र विशिष्ट दिव्योपदेशका भरमा । समान र उही अन्दाजमाकै समीकरणमा यस विषयलाई मूर्त रुप दिन्छ , त्यो चातुर, वाचाल कृष्णसमान प्रबल छ, समाजरुपी सारथीको दर्जामा विराजमान सामाजिक ऐना अनि  तँ कैयौं विचलित अवस्था प्राप्त गरेको निहत्था (अस्त्र शहस्त्र नभएको), त्यही निकृष्ट (तल्लो) ठाँउमा छस् तँ ।   


 अर्जुन केवल एक प्रसाधकका रुपमा थिए, विराट महाभारतको रणभूमिमा, तदानुसार तेरो जीवन केवल समाजका आशाहरुको खेतीपातीको एक अनुपम उपज भन्‍न नि मिल्दो रहेछ । समाजकै आशारुपी भवसागरको छालमा भूमरी खेल्दै गरेको उसको विशेष कुनै उदेश्य, गन्तव्य, जीवन दर्शन छैन, ऊ त्यही पराइको आशाको भरणपोषणमा खटिएको हुन्छ । 


 यो प्रक्रिया निरन्तर चक्रझैं सञ्चालित हुन्छ, उसबाट एउटा प्राप्ति भएपछि अर्को लक्ष्य निर्दिष्ट गर्दिन्छ । एउटाको प्राप्ति पश्चात अनेकन् प्राप्तिको दौरान अविरम रुपमा ऊ प्रयासरत नै हुन्छ । केही थकित, गलित अवस्थामा अश्व (घोडा) लाई देखेसी , समाजरुपी सारथी मौन  करुणा दृष्टि उघार्छ, त्यही भावुक याचकझैं बस्छ । त्यही बाटोको उत्तरार्धमा बसी पूर्णहुतिको लागि निमग्न सपनासँग लीन रहेको हुन्छ, त्यो परचक्री आत्मा । अझ मानवीय विभिन्न क्रियाकलापहरुको आफ्नो अधिपत्य भएझैं बडो गर्व एवं व्यभिचारीता देखाउँछ जबकी ऊ अर्काको अधीनस्थ भई आफ्ना कर्तुतहरुको दम्भ चरितार्थ हुन्छ । सामाजिक पृष्ठभूमिमा ऊमाथि ठूलो पर्दा ओढाएर अहम्को व्यङ्गय खेलबाड गरेको हुन्छ । अतः सङ्कीर्ण रुपले उसको (व्यक्ति) प्रधानतालाई स्वीकार्छ जबकि अन्तर्निहित तँ उसकै (समाजको) दिव्यस्पप्‍नकै खातिर लीन भएको हुन्छस् अहोरात्र एक पलको विराम नभनी । घोडाको दुगुर्‍याँइ दौडमा होमिएको छस् ,तँ एक व्यक्ति विशेष यसरी गराइ र भोगाइबीच समयकाल गुज्रेको हुन्छ । 


 सारथीको इच्छानुसार क्रियामा खट्ने कोही अरु छ, अश्व(घोडा) झैं तैनाथ हामी प्रचलित यन्त्रझैं आफ्ना दैनिकीमा अभ्यस्त हुन्छौं । समाजले नै हुर्काएको, बढाएको एक उपज उसकै देखाएको गोरेटोमा चलेको, कस्तो विचित्रको खेल । 


  तँ त्यो होस् जसले हरेक अंश, बसाँइ र गोरेटोमा समाजकै उपस्थितिको महशुस गर्छस् , सम्भवतः तेरो समाजबिना अस्तित्व नि छैन । त्यसकारण हामीले यो आफ्ना निष्काम, निष्केवल आफ्नै जीवनकाललाई यापन नगरी समग्रमा समाजको एउटा बलशाली अभिलाषा बोकी सीमित चरणको भरियाको भूमिका कर्तव्य बोध गर्छौं । व्यक्ति (तँ ) बडो गर्व र गरुता अभिमानसाथ आफ्नो एकाधिकार जीवन निर्वाह गरेका हुन्छौं तदापि फरक नजरियाले यो आशाको पालनपोषण, बाली तयारी र भित्र्याउने आशारुपी बालीअन्नलाई हाम्राअघि उदाङ्गो पार्छ। 


  अझ म भन्छु तँ पराचक्री रहरको बन्धकीमा बसेको गुलामी जीवन जिउँदै छस् । यो आशा प्रत्याशाको सिलसिला एकपछि अर्को अनन्त गतिमा चलेकै हुन्छ । यस भूमण्डलमा थुप्रै जन जीवन यसकै पारिस्थितिक भूमिकाको एक अङ्ग बनी कर्तव्य पूरा गरेकै हुन्छन् । आशाको चरित्र भन्दा खेरि एकको प्राप्त, अर्काको उत्पत्ति अनुरुप सदा सर्वदा सञ्‍चारित नै हुन्छ । 


 हाम्रा आफ्ना सफलताको क्रममा हामी निष्केवल श्रेय कदापि लिन सक्दैनौं र यदि तैंले त्यस्तो एकल स्वमित्वको दावी गरिस् भन्ने त्यही प्रत्याशाको खड्ग प्रहार हुन्छ त्यही क्षणमा । कोही सफलताको भागी भयो भने त्यो सफलता उसको, यसका सिवाय तत् सम्बन्धमा गा‍सिँएका आशा, आँकक्षाको सफलताको व्याख्यान दियौं । त्यसबेला त्यो समाज बडो हर्ष, विनोद र प्रफुल्लित भएर मयूरझैं प्वाँख फिँजाएर क्रीडा देखाउँछ, उन्मत्त भावमा त्यो सारथीलाई बढी असर पारेको हुन्छ । यसरी जब असफलताका कारुणिक पलको एकीभाव आउँछ त्यस पक्षमा तँभन्दा तेरो वकालत गरेको सारथी बडी मिहिन, मलिन अनि कालो बादल सलबलएझैं घुम्म निस्सासिएको भाव प्रकट गर्छ । तैंले असफलत भोग्दा नितान्त निज भोगी मात्र नभई  त्यसलगत्तै गाँसिएको  विभिन्‍न आशाका तन्तुहरु जीर्णोद्धार पाटातिर लाग्दछन् । 


 त्यो समाजरुपी दर्शक, श्रोता, निरीक्षक बडो गहनता लिन्छ, तेरो निगरानीको सिसी टिभी फुटेजको रेकर्डको तथ्याङ्क अन्वेषण र विश्लेषणका कार्य जिम्मेवारीहरु । हेरक पटक नवीन अनुभूतिकै लागि निमग्‍न हुन्छ । यसरी मेरो व्याख्यानको सारभूत तथ्याङ्ककको उतारचढावबाट तँ परोक्ष रुपमा अश्व (घोडा) र त्यो समाज (सारथी) कै परिसरमा चक्र घुमिरहेको छ । मैंले यस विषयमा आफ्ना भोगाइ, गराइ, सिकाइ कैयान् सफलता र असफलताको पाटो अन्दाज र आँकलनबाट आफ्ना मतान्तर राख्‍ने साहस साथ तर्कसङ्गत प्रथम पुरुष शैलीमा दाबी र प्रमाणसहित सिद्ध तुल्याउने क्रमलाई विदा गर्दछु । अबको फरक विश्लेषण पाठकका लागि छोडे ..........................  पूरा गर्ने जिम्मा तँपाईंहरुको............................... ।   



 




Comments

Popular posts from this blog

HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न