आमाको सम्झना "Piano" कविताबाट

www.rohitsy.com.np 

“पियानो” – (बाल्यकालका घडीहरु सम्झदैँ रचित कविता ) 

सर्जक- डि.एच. लाउरेन्स (अमेरिकी लेखक एवं कवि) 

सन्दर्भ गीत- फेरि कहाँ आउँछ फर्केर त्यो बालापनको उमेर 

(गायिकाः समिक्षा अधिकारी)










भावानुवाद लेखन

पियानो डि.एच. लाउरेन्सद्वारा लेखिएको बाल्यकाल स्मारक कविता हो । एउटा उत्कृष्ट कविता जुन कविले आफ्नो आमालाई स्मरण गर्दै लेखेका हुन् । उनले आमालाई गुमाइ सकेका छन् तर यो कविता वियोगमा लेखेको शोकगैत भने पक्कै होइन । 

        कवि यहाँ खुल्ला हृदयले आमाको अपार वात्सल्यपूर्ण माया, प्रेम, स्‍निग्ध र प्रगाढ सम्बन्धलाई सम्झन्छन् । यसमा उनी भाव भक्तिपूर्वक आमाप्रति आसीन अपार श्रद्धालाई एङ्कित गर्दै ती यादहरुका भेलहरुमा हराउन पुग्छन् । 

जब कवि पियानोलि हेर्छन् ,उनका मनमा विभिन्न खाले भावहरुको तरङ्ग उत्पन्न हुन्छ र तिनै स्मृतिका सँगालोमा हराउन पुग्छन् । उनी यहाँ दुई व्यक्ति विशेषलाई ठोस आकार दिन चाहन्छन् । एक आफूलाई सानो बालकसरह र अर्को ती अस्तित्व स्व्कार गरेकी महिला जसलाई आमाको रुपमा लिन्छन् । ती आमारुपी ईशले पियानो बजाइराखेकी छिन् र त्यो बालक तिनकै घुडाँसामु पैतला थिचिरहेको छ तपानि उनले कुनै प्रतिक्रिया जनाइनन् । यद्यापि त्यो बालकतिर नजर घुमाइन् र मधुर मुस्कान दिइन् ।

          अब त्यो बालकको अस्तित्व स्वीकार गरेको पुरुषले आफ्ना बालापनका दिनहारु सम्झन थाल्छ । ऊ यसरी ती स्मृतिका भेलका यसरी रुमालिन्छ कि आफ्नो वास्तविकतामा ऊ फर्किन सक्दैन । ऊ चाहेर पनि अतीतका ती मिजसिला, रमाइला, हाँसिला, लोभलग्दा पलहरु भुलल्न सक्दैन । उसका यथार्थमा आउन छाहने हरप्रयास विफल हुन्छन् र तितो सत्यमा आउन आफूलाई सक्षम पाउँदैन ।   

पुनः कवि एक न्यानो र आरामदायी कोठामा रहेको अनुभूति गर्छ यद्यापि त्यो साँझ अत्यन्त चिसो छ । ऊ आफ्ना वरिपरि परिवारका सदस्यहरु र समकक्षीहरुका माझमा भाका हालेरत गाइरहेको रव पियानो धुनसँगै मग्नमस्त भइरहेको आभाष हुन्छ । यी सम्झनाका तस्बीरहरुबाट ऊ अचानक विथोलिन्छ र गहिरो बेचैनी र छट्पटीका साथ नियास्रो पलहरुका साथ लुकामारी खेल्छ। निज आमाको संसारिक चिरविदालाई स्वीकार्छ । 

    अतः ऊ सारै खिन्न, दुःखी, निराश र मर्माहित हुनपुग्छ । आफ्नो पौरुषतलाई भुलेर पेरि बालकसरी रुन थाल्दछ । 



महत्त्वपूर्ण बुदाँहरु 

कविका सम्झनाका तस्बीरहरु ताजा एवं निर्मल रहनु, 

अतीतका पलहरु बारम्बार याद गर्नाले वर्तमान अवस्थादेखि दिक्कदारी हुनु, 

बालापनको अनुभूतिहरुसँग आफूलाई सम्हाल्न नसक्दा मनमा खिन्नता रहनु, 

सङ्गीत र वाद्यवादनले मनाव जीवनसँग प्रत्यक्ष सम्बन्ध स्थापित, 

सङ्गीतका मद्दतले बाल्यकालका क्षणहरुमा डुबुकी मार्न सक्नु, 

मातृप्रेम र वात्सल्यकी प्रतिमूर्ति आमाको भक्तिमा लीन ,

आमालाई गुमाइरहेको पल र कल्पनाबाट टाढिदाँ निराश र निरुत्साहित,

परिपक्कतालाई ख्याल नगरी शिशुसरह रुन थाल्नु, 

भावानुवाद प्रस्‍त्रोता

अपूर्ण ( रोहित सिंह यादव)

वतनः गु. न.पा. ०७, बर्दिया

नेपाल आमाको जय होस् !!!


Comments

Popular posts from this blog

HOW TWO SOULS UNITY STRUGGLES FOR EXISTENCE

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न

Who are you? तँ को होस् ?