“लाइन काटिएको छ, संवाद थप्प”
तस्बिर स्रोत ः गुगल
"अचेल धेरै भयो,संवाद भएको छैन,समय निकाल्न सकिएको छैन, बोलचाल वर्ताको
क्रम(तरन्तरता) टुटेको धेरै भयो । राम्ररी धित मरुन्जेल कहिले कुरा भयो, अहिले
त्यसको ठ्याक्कै एकिन गर्न सक्दिँन । मनष्पटलमा एङ्कित छापको कार्बन कापी निहाल्दा
पक्कै आलो संवाद र सूचना डाटाबेस अपडेट हुन पाएको छैन ।
अहिले आफूलाई पुन: भेटाउने कुरा र मनोसञ्जाल जोडिनका लागि
नेटवर्क सिग्नल प्रायः व्यस्त देखाउँछ । जोडिन र सुचारु हुन निक्कै कठिनाइ हुने
गरेको र हतपत नेटवर्क नटिप्ने दुर्गम क्षेत्रतिर अचेल हुन्छु ।
बढ्दो कोलाहलले आफू निहित आत्म सूचना केन्द्रले संन्देश संवेदन गर्न सकेको छैन । सन्देश संवेदन तथा दूर सम्प्रेषणको डिएनएस ठेगाना नभेटेको र सञ्जाल जोडिने गाह्रौपन बढेको छ ।मनोसंवाद र अन्तर्आत्मा बिचको सञ्जालका तारहरु, नेटवर्कका आइपि ठेगाना खोज्ने र पाउन गार्ह्रो देखिएको हुन्छ । आजकल आफूले आफैंसँग कुरा गर्न/जोडिन भनेजति सहज छैन, आफ्नो भिजिट डाटा सर्भरको रेकर्डबाट उठेको वा सङ्कलित नभएकोले सञ्जाल आवरुद्द छ। "
म आफ्नो वृतान्तमा आफूले
आफैंसँग गरिने संवाद एवं वर्तालाप, ठोस अन्तर्क्रिया , मनोविमर्शका बारेमा खोतल्न
खोज्दै छु ।
किन यति धेरै सकस हुन्छ,
आफ्नो लागि आफू पात्र नै संवादमाझ जोडिन र आफ्नो लागि समय खोज्न, बढ्दो सामाजिक
सञ्जालको कोलाहल, तमाम सञ्जाल माध्यमका वालहरुको बढ्दो स्क्रीन मोह इत्यादिले
हामीलाई हामीबाटै विमुख बनाउँदो रैछ ।
आत्मा वस्तुस्थिति, परिवेश र
मनोदशका बारेमा बुझ्न खोज्न र आत्म हेरचाहका बारेमा हामी किन यति बेफिक्री,
बेपरवाह हुँदै जान्छौँ, आफ्नो सार मूल्यलाई जानी वा नजानी आफूलाई अवमूल्यन गरिराखेका
हुन्छौँ ।
बाह्रय दुनियाँसँग सामिप्यतामा
हामी बढ्दो चाख राख्छौँ तर जब आत्मकेन्द्रसँग जोडिन/सामिप्यताको प्रश्न आउँछ, हामी ‘escaping’ भग्ने/पन्छिने/टार्ने
प्रवृत्तिमा अभ्यस्तता बढाउँदै जान्छौँ । बाह्रय जगतसँग जड़ित मजबुत सञ्जाल
टुट्नका लागि र तार विहिन मनोसंवाद आफूसँग राम्ररी जोड्न सर्वप्रथम दूर संवेदन/सन्देश सम्प्रेषणका अन्तर्सञ्जाल सक्रीय र सघन बनाउनुपर्छ ।
आफ्नो लागि समय,अन्तर्निहित
ढाँचालाई अवलोकन, पृष्ठपोषण र हेरचाहका कुरामा लाग्नुपर्छ । योग, ध्यान,साधना,
व्यायाम, लेखन तथा आत्मा वर्तालापका गतिविधिमा आफूलाई सक्रीय राख्यो भने आत्म
संवादका तारहरु स्वः चालित रुपमा जोडिन्छन् र सञ्जालमा डाटाबेस अपडेट र क्रमानु
रुपमा पुनः जागरित भई बस्छ ।
यसैगरी २१ औं
सताब्दीका प्रविधि र नविन तकनीकहरुको भीड र चर्को कोलाहलबिच आफूले आफैंलाई चिन्नु,
ठान्नु र आत्मबोध गम्य गर्नु नितान्त आफ्नो लागि समय निकाल्नु उत्तिकै
चुनौतीपुर्ण देखिन्छ । पारिवारिक, पेशागत र अन्य दायित्वका बोझ उचाल्दै गर्दा
आफ्नो आत्म संवाद/आत्मा
अन्तर्लापका रेकर्डहरु नवीकरणको जिम्मा आफैं लिनु हो ।
यसैबिच मनोसंवादले हामीलाई आफ्नो
आत्मकेन्द्रका सञ्जालका तारहरु/ तन्तुहरुका
सहयोगले जोड्न मद्धत पुर्याउँछ। कठिन संवादका बखत आफ्नो गरिमा एवं विम्ब/प्रतिविम्बसँग प्रत्यक्ष साक्षात्कार हुँदा हामी आफ्नो गर्भिय आधाररेखासंग
जोडिएका हुन्छौँ । हामीले आफूद्वारा आत्मघात, आत्म उपेक्षा, आत्मवत् गरिमाको
अवमूल्यन गर्नबाट बच्न सकिन्छ ।
आफूमा निर्णय लिने सामार्थ , आफ्नो
प्राज्ञिक कर्ममा तत्पर, कठिन समय र अप्ठ्यारा परिस्थितिबिच आफूलाई डाँटी राख्न
यस्ता आत्मा संवाद औचित्यपूर्ण हुन्छ । बढ्दो कृत्रिमता र खोक्रो जीवनशैलीका रङ्गमञ्चबिच
आफूलाई सम्हालेर राख्न मनोसञ्जालसँग भुँइगत रुपमा टाँसेर सम्बन्ध जोगार्न गर्दै
जाँदा आफू चरितार्थ र सार्थकतको सर्वोच्च बिन्दुको अनुभूति गर्न सकिन्छ।
अन्त्यमा
अरुलाई भन्दा पहिला आफूलाई सुन्ने, बुझ्ने र प्रश्रय दिँऊ , आफूसँग नितान्त
आफ्नो लागि समय निकाली आत्मा वर्तालाप, अन्तर्सञ्जालमा जोडिँदै जानुहोस् । भीडका
जमात, ध्वनिका चिडचिडाहटभन्दा पर आफ्नो सञ्जालका लागि जोडिने एउटा आत्म सन्देश
संवेदन टावर र हाइटेन्शन पावरको इन्टेन्सेन्टी जोडिने संवेदन प्रणालीको विकास,
सम्भव्यतातर्फ लाग्नुहोस् । आफ्नो जीवनका केही अनमोल पलहरु आफ्नो नाम गर्नुहोस् र
आफूमा अपनत्वको भाव उजागर गर्दै पहिलो प्रश्रयमा आफू र हर्दम जीवन्त प्रयासमा
रहनुहोस् ।
आत्मपरक विश्लेषण
रोहित सिंह यादव
गुलरिया-०७, बर्दिया, नेपाल
(हाल बिएसस्सी अन्तिम वर्ष अध्ययनरत)
Comments