आखिरमा साहित्य किन ?

धेरैका मनमा यस्ता प्रश्नहरु उठ्न सक्छन् । यस्ता जिज्ञासाहरु उठ्नु स्वाभाविक नै हो । आऔँ,साहित्यका महत्त्व बुझ्ने प्रयासतपाईंहरु धेरैका मनमा यस्ता प्रश्नहरु उठ्न सक्छन् । यस्ता जिज्ञासाहरु उठ्नु स्वाभाविक नै हो । आऔँ, साहित्यका महत्त्व बुझ्ने प्रयास गरौँ।


१. साहित्य समाजको यथार्थकृत दर्पण हो । यसले समाजका घटित विषयवस्तुलाई ज्वलन्त रुपमा चित्रण र देखाउने प्रयास गर्छ। हाम्रो समाज कतातिर गइराख्या छ र कता मार्गदर्शन गर्ने बारे विचार र यथार्थलाई ओल्टाई पल्टाई केलाउने जमर्को हर्दम साहित्यको हुन्छ ।
२. साहित्यको मधुप पान गर्ने र यसबाट प्राप्त हुने आनन्द "रस "लागि कसको मन ललायित नहोला ? झन साहित्यका पारखी र सर्जक, शौखिनहरु धेयय र प्राज्ञिक कर्म नै साहित्यको साधनामा लागिरहेको हुन्छ। साहित्य एकमात्र सूक्ष्मदर्शक यंत्र बन्न सक्छ जो अतित, भविष्य र वर्तमान सबै हामी माझ प्रस्तुत गर्छ।
३. साहित्यको अध्ययनले हामी समाजलाई बुझ्न सक्छौँ । हामीसँग निश्चित समय र पाउबन्दीमा बसेर धेरै कुरा सिक्न चाहिराख्या हुन्छौँ तर समय र परिवेशको अभाव अथवा सर्टेज अनि त्यो भन्दा बढ्ता सर्टकर्टको खोजीमा बितिराख्या हुन्छ।
४. हरेक कुरा स्वयमले प्रयोग गरेर बुझ्ने र अनुभव गर्नका लागि समय र यो जिन्दगी नि सानो र अपर्याप्त हुनजान्छ, हामी कम समयमा बढी बुझ्ने र सकभर बढी बुझाइका लागि अध्ययन अनि त्यसमा पनि खासगारी साहित्य जगतसँग परिचय बढाउनुपर्छ।
५. हरेक गल्ती आफूले आफूले गरेर मात्र सिकाइ लिनु र सोही ग्रहणताका परिपेक्षमा मात्र भर पर्नु मूर्खता र तुक लाग्दैन। यस संसारिक खुल्ला प्राङगणलाई प्रयोगशालाका रुपमा लिई प्रत्यक्ष आफ्नो संलग्नता नभएर नि अन्य अन्वेषकका भोगाइलाई आफैँ भोगेसरह अनुभूति दिलाउनु नै साहित्यको एकमात्र खुबी भनौँ कि यसको जडीबुटी औषधीय गुण हो ।

Comments

Popular posts from this blog

“लाइन काटिएको छ, संवाद थप्प”

रिसमा आकुल मन र मनोभूमि प्राङ्‍गण स्थल

बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्‍न