जेनजीको आकाश :आशाको बन्धनयुक्त सकस
जेनजीको आकाश: आशाको बन्धनयुक्त सकस तस्बिर: समाजले निर्देशित अश्व( घोडा) स्रोत: गुगल ) बाल्यकालदेखि नै जेनजीको अस्तित्व एउटा सामाजिक घोषणापत्र जस्तै थियो। उसको नाम, थर, जन्मस्थान, वंशानुगत पेशा—यी सबै उसलाई थोपरिएका परिचयका पाटाहरू थिए। सानैदेखि उसको कानमा एउटै स्वर गुञ्जिरहन्थ्यो: "जेनजी, हाम्रो घरको इज्जत तैंले नै बचाउनु छ। धेरै पढेर ठूलो मान्छे बन्नु छ।" यो एउटा आशा थियो, एउटा बोझ थियो, जेनजीको नाजुक काँधहरूमा राखिएको। किशोरावस्थामा उसले पहिलो पटक आत्मज्ञानको सुगन्ध पाएको थियो। उसले एउटा सहपाठीप्रति आकर्षित महसुस गर्यो। त्यो भावना कोमल, निष्सङ्कोच थियो तर समाजरूपी सारथीको लगाम चुस्त भयो। "हाम्रो जातको छोरा उसको जातकी केटीसँग हुँदैन," उसको आफ्नै परिवारले नै भन्यो। प्रेमको त्यो कोपिला अझै फुट्नु अगावै मुस्कुराउँदा मसिन्याइयो। यो उसको जीवनको पहिलो ठूलो विफलता थियो, जसले उसलाई आत्म-अन्वेषणतर्फ मोड्यो। युवावस्थामा, उसले आफूलाई पढाइमा डुबाउने प्रयास गर्यो। उसको सपना सिविल सेवामा जानेको थियो। दिनरात एक गरेर उसले अध्ययन गर्यो। लोकसेवा आयोगको तयारी उसको जीवनको सबैभन्दा...