रिसमा आकुल मन र मनोभूमि प्राङ्गण स्थल
तस्बिर स्रोत ः गुगल (सामाजिक सञ्जाल)
विद्रोह र झगडाका ज्वारभाटा जसरी जति शान्त र शालिन देखिए पनि फुट्छन् । हामीले बुझाउने र बुझ्नेबिचको द्वन्दले सकस कसो नपर्ला,केइ भन्न सकिन्न । शान्ति कति खेर क्लान्ति बन्न पुग्छ ,त्यसको परिणाम आँकलन बाहिर हुन्छ । धेरै कुरा अपेक्षित नभैइ अनपेक्षित हुन्छन्,कुराको बाङ्गो र उदाङ्गोको परिधि सीमित रहदैँन । हमेशा यस जगतमा परिस्थितको सामाना गर्न जान्नुपर्छ,सदा नयाँ समस्या र समयको कालखण्ड खेप्न,व्यवहोर्न हर्दम सकेसम्म जीवन्त प्रयास गर्नुपर्छ ।
सधैँभरि मूक ( चाहिने बेला बोल्न नसक्ने) को पहिचान बनाएको मान्छे एक्कासी प्रस्फुटन गर्छ, सदा सर्वदा एकनासको मनोस्थितिको समानरुपले अन्दाज हुँदैन । विचलन,चलिरहेको समय,काल र परिस्थितिको अधीन हुन्छ । जतिसुकै प्रवीण व्यक्ति नि समयको फर्काइ,कर्काइको अधीनस्थ रहन्छ ,नवीनताको प्रदुर्भाव आएसी सहनको र अनुकूलनको पेच कस्नुपर्छ ।परिमार्जन अनि नयाँ संस्करणमा आफूलाई ढाल्ने अदम्य शक्ति र जतिसुकै परिस्थितिमा आफूलाई सम्हाल्न सकेमा मात्र जीवनको अर्थ र परमारथ ग्रहण गर्न सकिन्छ । संयमता गुमेको क्रुद्ध मनले नैतिकता र तमाम काइदा आचरण देख्दैन,आफ्नो मतको उर्लाइ,गजबको गज्याँइ गर्छ,आफ्नो मतको सेखी पार्न खोज्छ ।
कसैले गरेको गुण र आभार देख्दैन,कृतघ्न बन्छ भने उसलाई देखाउन जान्नु केवल भूल र खाली भ्रम मात्र हुन्छ । अलिक सरल भाषामा भन्दा खेरि यो भ्रम कस्तो हुन्छ, सत्यताको अति नजिक तर सत्यता नै बन्न सक्दैन ,सत्य भएजस्तो महशुस गर्छौं तर बाजी अनन्त उपर सत्यकै हुन्छ ।सुतेकोलाई बिझाउँन/ब्यूँताउन सकिन्छ तर सुतको भनी नाटक गरेकोलाई तह लगाउन सकिँदैन,जसलाई मोल नै छैन र आफूले गर्ने आतिथ्य सत्कारको बदलालाई गुणगान र बखान गर्नु उपयुक्त देखिँदैन । सदा संयम र आत्म नियन्त्रणको चाबी आफ्नो काबुमा नरहन सक्छ ,कहिले अनायास गुम्न पुग्छ र आफ्नो यथास्थिति र स्थानको हेक्का सेमत गुमाउँछ अनि निहुरिन्छ आफ्नै कदमा,बडो गुमान गरेको ऊ,आखिर आफ्नै पैतालासामु खस्दा आँकलन हुन्छ,आत्म सम्मान र अस्तित्त्वको रक्षा गर्नु जयाज र सर्वोउचित देखिन्छ तर नदेख्नेलाई म देखाउँछु,देख्नै नचाहनेलाई देखाउँछु भन्नु तुक लाग्दैन र औचित्यपूर्ण नि हुँदैन ।
मनको गहिरो अशान्ति उद्वेग भएको बखतमा उसले कार्यफलको ऐनामा आकृति सफा र छर्लङ्ग हुन्छ । पहिला त ऊ त्यस स्थितिमा असामान्य र अनपेक्षित तवरले पुग्छ पछि त्यस अवस्थाको प्रतिकृयाको परिधिलाई जोगार्न गर्न आफ्नो मूलभुत कर्म ठान्दछ र तेही सत्य निरुपणको एकमात्र विषय र समाधान हो भनी चित्तमा राख्दछ ।
अब आफ्नो भन्दा त्यस अवस्थाको संरक्षण र स्तम्भको सुरक्षा गार्ड गर्नु उस्ले अझ सबल दायित्वको बोध गर्दछ । उसलाई त्यस अवस्थामा प्रबोध (सम्झाउने) काम गर्नाले निर्मम प्रहार र आफ्नो अस्तित्त्वको पहाडको मजबुतीबारे हाँसो,ख्याल ठट्टा गरेको लाग्छ । अझ दनदनी बलिरहेको आगोमा घ्यू हाल्नुजस्तै हुन्छ,प्रचण्ड उग्र रुप लिन्छ । सरल र सज्जन अभिव्यक्तिको आज आफ्नै व्यक्तित्वको प्रतिवादी भएर बहस र वकालत गर्छ,आफ्ना मतका अभियन्तरमा पुगेर गहकिला र पेचिला दर्जनौं शब्दको भार,एकाएक प्रलयको उत्पातझैं हुन्छ ।
गहिरो अन्तर्मनको अवचेतन मन रुन्छ र अझ क्रन्दनको सुस्केराले उसलाई मर्माहित पार्छन् । आफ्नो स्वाधीनता माथि प्रश्नचिह्न उठेको बुझ्ने ऊ,सकभर सबै आस्त्रशास्त्रको दर्जनी भार उचाल्छ, अनि उर्ध्वचाप जस्तै उसको अस्मिताको कद माथि उर्लिएको उसलाई लाग्छ र मनोभूमिको युद्धमा होमिएको र लड्दै भिड्दै गएको सिपाही भाव आफैँमा उत्पन्न हुन्छ । त्यसैमा ऊ स्वयमका चेतमा विजयको लालसी बन्छ,आफ्नो ध्वाजा,पातका,तोरण खुल्ला आकाशमा रङ्गाउने अभिलाषा लिई यस्तो अकल्पनीय ,अकथित कृद्ध योद्धा आफूलाई पाउँदै ऊ नतमस्तक हुन्छ ।
चेतको पर्दा उघारिएसँगै मनोभूमिको रङ्गमञ्चको अभिनय सकिन्छ र अभिनय गर्ने पात्र बिदा लिन्छ,बडो सन्तप्त उदासीसाथ ऊ अवचेतनको दासी उधों लाग्छ अनन्तकालको लागि,सङ्कोचका भाव,हिनताबोधको ग्रान्थी ,थकान र क्लान्तिको मनोदशाको,आफ्नो स्वाभिमान हारेको बिभत्स दशाको साथ हातमा हैरानी र हर्जनाको थप्पड एकसाथ लागेजस्तै ऊ शुष्क हुन्छ ,निहुरिन्छ ,आफ्नो आडमा नितान्त आफ्नै लागि ।
Comments