रिसमा आकुल मन र मनोभूमि प्राङ्गण स्थल
😠😠😠 तस्बिर स्रोत ः गुगल (सामाजिक सञ्जाल) विद्रोह र झगडाका ज्वारभाटा जसरी जति शान्त र शालिन देखिए पनि फुट्छन् । हामीले बुझाउने र बुझ्नेबिचको द्वन्दले सकस कसो नपर्ला,केइ भन्न सकिन्न । शान्ति कति खेर क्लान्ति बन्न पुग्छ ,त्यसको परिणाम आँकलन बाहिर हुन्छ । धेरै कुरा अपेक्षित नभैइ अनपेक्षित हुन्छन्,कुराको बाङ्गो र उदाङ्गोको परिधि सीमित रहदैँन । हमेशा यस जगतमा परिस्थितको सामाना गर्न जान्नुपर्छ,सदा नयाँ समस्या र समयको कालखण्ड खेप्न,व्यवहोर्न हर्दम सकेसम्म जीवन्त प्रयास गर्नुपर्छ । सधैँभरि मूक ( चाहिने बेला बोल्न नसक्ने) को पहिचान बनाएको मान्छे एक्कासी प्रस्फुटन गर्छ, सदा सर्वदा एकनासको मनोस्थितिको समानरुपले अन्दाज हुँदैन । विचलन,चलिरहेको समय,काल र परिस्थितिको अधीन हुन्छ । जतिसुकै प्रवीण व्यक्ति नि समयको फर्काइ,कर्काइको अधीनस्थ रहन्छ ,नवीनताको प्रदुर्भाव आएसी सहनको र अनुकूलनको पेच कस...