Posts

Showing posts from March, 2026

नेतृत्व र नीति ओझेल

पुराना भोटोले भोट कसरी किनिन्छ यहाँ? कृत्रिम आडम्बरले जनता नाङ्गो बनाउँदा... इन्साफको पुकार! पूर्ण कविता तल 👇 नेतृत्व र नीति ओझेल परिराख्दा                                   ...🖋️ अपूर्ण ( रोहित सिंह यादव)                                         गुलरिया, वार्ड नं. ७, बर्दिया                पुराना भोटोले भोट कसरी किनिन्छ यहाँ? साँझपख आफ्नै निगरानी, आफ्नै राहदानीमा खोटो फोटो क्षुब्धता पाउँछौ, अंशमा परेझैं अकिञ्चन पात्र। आफूलाई बुटिक र टाँकको सहारा, छाँटकाँटको यान्त्रिक मदत खोज्छौ, तर निन्द्रा र मुद्राका आसनमा केवल प्रसहन सिवाय केही हात लाग्दैन। आडम्बर जम्दैन, हर्ष र वर्षाका कुरा बनाउँछौ— तिमी कति चतुर, वाचाल, जाती-असल बुद्धसरह! कमिज-सुरुवाल अति मिहिन, भद्रता जनाउँछ। कसरी गालीलाई तालीमा परिणत गर्ने सूत्र चलाइ सक्यौ? खाली, ती जाली आँकडा यसरी, यसपाली नै भद्रकाली मन्दिर...