बाँके रा.नि.भित्र कनुवा तालमा सिमसार दिवस सम्पन्न
तस्बिरः कनुवा(सुतैया) ताल, बाँके कार्यक्रमको परिचय बाँके राष्ट्रीय निकुञ्ज अन्तर्गत पर्ने कनुवा तालमा विश्व सिमसार दिवसको उपलक्ष्यमा ताल परिसरको सर्सफाइ एवं सरोकारवालाहरुको सहभागितामूलक कार्यक्रममा सरिक भएँ । संरक्षणका साझेदार निकायहरु एवं सरोकारवालाहरुको उपस्थितिमा बाँके राष्ट्रीय निकुञ्जको मुख्य कार्यालय,ओभरी, ZSL ( जुलोजिकल सोसाइटी अफ लण्डन ) र पश्चिम सेक्टर कार्यालय,कोहलपुर, TAL ( तराई भू-परिधि परियोजना), CBAPU, नेचर गाइड, गोही अनुगमन टोली, निकुञ्ज गतिविधिहरुमा सैन्य सुरक्षार्थ तैनाथ रणबम गण, देउराली हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, कोहलपुर मध्यवर्ती उपभोक्ता समितिका प्रतिनिधि र सुतैया अर्थात् कनुवा ताल देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन समूहको उत्साहजनक सहभागिता थियो । अनुपम सौन्दर्ययुक्त सिमसारको उत्कृष्ट उदाहरणका रुपमा ताल परिसरको स्थलगत निरिक्षण गरियो साथै तालको अवस्था, सम्भाव्यता, पर्यापरिपर्टनका गतिविधिहरु, पर्यटकहरुको प्राथमिकता, व्यवस्थापनमा देखापरेका चुनौतीहरु, इत्यादिबारे जानकारी लियौँ । उक्त सामुदायिक वनको पर्य...