बाँके राष्ट्रीय निकुञ्जमा घडियाल अनुगमन
तस्बिर स्रोत ः गुगल म निज रोहित सिंह यादव , बाँके राष्ट्रीय निकुञ्जमा इन्टर्नका रुपमा कार्यरत रहँदै गर्दा राप्ती नदीमा गरिने घडियाल अनुगमनमा सरिक भएँ । सात जनाको टोली रहेको घडियाल अनुगमनका क्रममा बाँके राष्ट्रीय निकुञ्जको पूर्वी सेक्टर कार्यालय,कुसुम, बाँकेबाट यात्रा सुरु गर्यौँ । ZSL ( जुलोजिकल सोसाइटी अफ लण्डन ) र बाँके निकुञ्ज कार्यालय, मुख्य कार्यालय, ओभरीको सहयोग र पूर्वी सेक्टर कार्यालयको समन्वयमा र्याफ्टमा चढी घडियाल गोहीको प्राकृतिक वासस्थानको स्थलगत निरिक्षण गरी त्यसको अवस्था, वासस्थानको प्रयोग, प्राथमिकता, वासस्थानमा देखापरेका जोखिमहरु इत्यादिबारे अनुगमन गर्न पूर्व योजनाका साथ अघि बढ्यौँ । हामी प्राविधिक टोलीका साथमा ...