“लाइन काटिएको छ, संवाद थप्प”
तस्बिर स्रोत ः गुगल "अचेल धेरै भयो,संवाद भएको छैन,समय निकाल्न सकिएको छैन, बोलचाल वर्ताको क्रम(तरन्तरता) टुटेको धेरै भयो । राम्ररी धित मरुन्जेल कहिले कुरा भयो, अहिले त्यसको ठ्याक्कै एकिन गर्न सक्दिँन । मनष्पटलमा एङ्कित छापको कार्बन कापी निहाल्दा पक्कै आलो संवाद र सूचना डाटाबेस अपडेट हुन पाएको छैन । अहिले आफूलाई पुन : भेटाउने कुरा र मनोसञ्जाल जोडिनका लागि नेटवर्क सिग्नल प्रायः व्यस्त देखाउँछ । जोडिन र सुचारु हुन निक्कै कठिनाइ हुने गरेको र हतपत नेटवर्क नटिप्ने दुर्गम क्षेत्रतिर अचेल हुन्छु । बढ्दो कोलाहलले आफू निहित आत्म सूचना केन्द्रले संन्देश संवेदन गर्न सकेको छैन । सन्देश संवेदन तथा दूर सम्प्रेषणको डिएनएस ठेगाना नभेटेको र सञ्जाल जोडिने गाह्रौपन बढेको छ । मनोसंवाद र अन्तर्आत्मा बिचको सञ्जालका तारहरु, नेटवर्कका आइपि ठ...